काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।
प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा सुरु भएको बैठक सोमबारसम्म चल्नेछ। बैठकमा चार महिने विशेष रूपान्तरण अभियान सम्बन्धमा समीक्षा हुने नेताहरूले बताएका छन्।
आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ। बैठक भाेलिसम्म चल्नेछ। बैठकमा आउँदो फागुनमा हुने विधान सम्मेलनबारे पनि छलफल हुनेछ।

प्रकाशित: २८ माघ २०८० १२:५५ | Sunday, February 11, 2024
प्रतिक्रिया






