हिमपातको सम्भावना कायमै, छैन पर्ने सम्भावना

हिमाल प्रेस २७ माघ २०८० ६:४८
4
SHARES
हिमपातको सम्भावना कायमै, छैन पर्ने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान)देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्थामा रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज तराई मधेशका जिल्लामा हुस्सु र कुहिरो तथा देशका उच्च भूभागमा हिमपातको सम्भावना देखिए पनि वर्षाको सम्भावना भने कतै देखिएको छैन।

प्रकाशित: २७ माघ २०८० ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast