रवि लामिछाने मन्त्री बन्दै

हिमाल प्रेस ११ पुष २०७९ १०:५४ | Monday, December 26, 2022
रवि लामिछाने मन्त्री बन्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछाने मन्त्री बन्ने भएका छन्। सो पार्टी लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हो।

यद्यपि अहिले कुन मन्त्रालय लिने र लामिछानेबाहेक अन्य कोको मन्त्री बन्ने भन्ने टुंगो नलागेको रास्वपाका एक नेताले बताए।

‘अहिले  सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भन्ने छ, अन्य विषय टुंगिन बाँकी छ,’ ती नेताले भने।

प्रवक्ता मुकुल ढकालले मन्त्री र मन्त्रालयको विषय बैठकबाट टुंगिने जानकारी दिए।

प्रकाशित: ११ पुष २०७९ १०:५४ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast