भारतको लोकसभाका सभामुखसँग नेपालको संसदीय प्रतिनिधिमन्डलको भेटवार्ता

हिमाल प्रेस १७ माघ २०८० १९:१५ | Wednesday, January 31, 2024
भारतको लोकसभाका सभामुखसँग नेपालको संसदीय प्रतिनिधिमन्डलको भेटवार्ता

काठमाडौँ- नेपालको संसदीय प्रतिनिधिमण्डलले भारतको लोकसभाका सभामुख ओम बिर्लासँग भेटवार्ता गरेको छ। भारतको तल्लो सदनको अन्तर्राष्ट्रिय सम्बन्धको निमन्त्रणामा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा भारत गएको टोलीले बिर्लासँग भेट गरेको हो।

समितिमा योगेश गौचन, सुनिता बराल, हरि उप्रेती, सम्झना थपलिया, चिरिङ ल्हामु लामा, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन्। त्यसैगरी समितिका तीनजना कर्मचारी पनि भारत भ्रमणमै छन्।

टोलीले भारतीय संसदको नयाँ भवनको निरीक्षण गर्नुका साथै लोकसभाको अन्तर्राष्ट्रिय समितिका सदस्यहरूसँग पनि छलफल गरेको छ।

प्रकाशित: १७ माघ २०८० १९:१५ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast