माघ २२ मा देशभरका फिल्म हल बन्द गर्ने संघकाे निर्णय

हिमाल प्रेस १६ माघ २०८० १६:५१ | Tuesday, January 30, 2024
माघ २२ मा देशभरका फिल्म हल बन्द गर्ने संघकाे निर्णय सांकेतिक तस्बिर

काठमाडौँ– फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघले माघ २२ गते देशभरका फिल्म हल बन्द गर्ने भएको छ। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा अव्यावहारिक कर खारेजीको माग गर्दै संघले मंगलबार विज्ञप्ति जारी गरेकाे छ।

यसै सन्दर्भमा संघले २२ गते एकदिन देशभरका हल बन्द गर्ने निर्णय गरेकाे हाे

सरकारले फिल्म क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ। ‘चलचित्र क्षेत्रले विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

चलचित्र विकास बोर्ड स्थापना हुनु पूर्व देशमा ४५० हल भएपनि अहिले १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ। कोरोना महामारीको कारण चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै संघले सरकारले थोपरेको करले व्यवसाय सञ्चालन गर्न नसक्नेसमेत उल्लेख गरेको छ।

मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १६ माघ २०८० १६:५१ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast