राप्रपा नेपालले तराई-मधेशमा प्रशिक्षण सञ्चालन गर्ने

हिमाल प्रेस १५ माघ २०८० ७:३२ | Monday, January 29, 2024
राप्रपा नेपालले तराई-मधेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौँ- राप्रपा नेपालले तराई-मधेश क्षेत्रमा पर्ने जिल्लामा सघन प्रशिक्षण सञ्चालन गर्ने भएको छ।

यही माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण लगत्तै तराई मधेश क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर, २६ गते सिरहा र धनुषा, २७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण सञ्चालन हुनेछ।

मुलुकको अवस्था बदल्न व्यवस्था परिवर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पूर्वतयारीका रूपमा अघि बढाउने जनाएको छ।

पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आवश्यकताबारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने छन्।

प्रकाशित: १५ माघ २०८० ७:३२ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast