विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्छ : मुख्मन्त्री कार्की

हिमाल प्रेस १३ माघ २०८० १७:४० | Saturday, January 27, 2024
विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्छ : मुख्मन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्ने बताएका छन्।

नेपाल इन्जिनियर एशोसिएशन कोशी प्रदेशद्वारा विराटनगर–१० मा ७६ लाखमा निर्मित भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताए।

उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए।

भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्ने बताए।

प्रकाशित: १३ माघ २०८० १७:४० | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast