राष्ट्रियसभा निर्वाचन : कोशीमा दुईजना मतदाता अनुपस्थित

हिमाल प्रेस ११ माघ २०८० १५:०८
24
SHARES
राष्ट्रियसभा निर्वाचन : कोशीमा दुईजना मतदाता अनुपस्थित

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा दुई पालिका प्रमुखले मतदानमा भाग लिएनन्। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन्।

साम्पाङले आफू उपमहानगरपालिकाकै काममा व्यस्त भएकोले मतदानमा सहभागी हुन नसकेको प्रतिक्रिया दिएका छन्। गच्छदार भने बुधबार राति एक्कासी मुटुसम्बन्धी बिरामी भई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएका छन्।

यता झापा गाउँपालिकाका प्रमुख जयनारायण साह पनि यस निर्वाचनमा भाग लिन पाएनन्। भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण मतदाता नामावलीमा उनको नाम निर्वाचन आयोगले हटाएको थियो।

कोशीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी चम्पा कार्की र नेकपा एमालेबाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ।

कोशीमा १३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए।

प्रकाशित: ११ माघ २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast