प्रदेश खारेज गरौँ, जनप्रतिनिधिको संख्या घटाऔं : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ९ माघ २०८० १६:२४ | Tuesday, January 23, 2024
प्रदेश खारेज गरौँ, जनप्रतिनिधिको संख्या घटाऔं : राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको संघीय संरचनामा रहेको प्रदेश खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन्। आज मंगलबार काठमाडौँमा सम्पादकहरूसँग कुरा गर्दै लिङ्देनले संघीयताका कारण आर्थिक भार बढेको टिप्पणी गरेका हुन्।

‘अहिलेको संघीय संरचनाबाट प्रदेश खारेज गरौँ। स्थानीय तहलाई बलियो बनाएर लैजान ध्यान दिऊँ। जनप्रतिनिधि संख्या पनि घटाउनुपर्छ’ उनले भने। लिङ्देनले भ्रष्टाचारमा सबैको सहमति हुन थालेको भन्दै गम्भीर आरोप पनि लगाए।

‍‘भ्रष्टाचारमा सबैको सहमति हुन थाल्यो। अदालतका न्यायाधीशमा भागबन्डा चलिरहेको छ,’ उनले भने, ‘अख्तियारमा सरकारका कारिन्दा मात्रै राखिएको छ। राष्ट्रपति दलकै लागि काम गर्ने भएका छन्। सुन तस्करीकाण्ड र शरणार्थीकाण्ड सबैमा मिलेका छन्। अब हामीलाई २०८४ पर्खिरहने छुट छैन।’

राप्रपाले आगामी फागुन १ गतेदेखि देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको र त्यसको तयारीमा पार्टी लागेको पनि उनले बताए।

उनले भने,‘हामी चुनाव कुर्न नस्कने भयौँ। देशको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ। नेतृत्वले सुध्रिन चाहेन। देशको अवस्थामा कुनै सुधार भएन। अब हामी फागुनबाट आन्दोलनमा जान्छौँ।’

प्रकाशित: ९ माघ २०८० १६:२४ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast