बालकोटमा प्रचण्ड, लिङ्देन र लामिछाने

हिमाल प्रेस १० पुष २०७९ १४:११ | Sunday, December 25, 2022
बालकोटमा प्रचण्ड, लिङ्देन र लामिछाने

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन्। नेकपा विभाजनपछि पहिलो पटक प्रचण्ड बालकोट पुगेका हुन्। आज (आइतबार) बिहान कुरा नमिलेपछि ‘प्रचण्ड’ बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको बैठक छाडेर हिँडेका थिए। उनी त्यसपछि खुमलटार पुगेर बालकोट पुगेका हुन्।

यसअघि ओलीलाई भेट्न जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेताहरू बालकोट पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङदेन र जसपाका अशोक राईले ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रकाशित: १० पुष २०७९ १४:११ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast