संखुवासभामा ढल्दै गरेको रुखले किच्दा वृद्धाको मृत्यु

हिमाल प्रेस ७ माघ २०८० ८:०२ | Sunday, January 21, 2024
संखुवासभामा ढल्दै गरेको रुखले किच्दा वृद्धाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

शनिबार घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेलाई दाउरा काट्ने क्रममा रुखले किच्दा घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित: ७ माघ २०८० ८:०२ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast