‘ह्रस्व दीर्घ’बाट फिल्ममा फर्किदै बिपना

हिमाल प्रेस १० पुष २०७९ १२:५४ | Sunday, December 25, 2022
‘ह्रस्व दीर्घ’बाट फिल्ममा फर्किदै बिपना

काठमाडौँ- लामो समययता फिल्मबाट टाढिएकी अभिनेत्री बिपना थापा अभिनयमा फर्किने भएकी छन्। उनले फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनयमा पुनरागमन गर्नेछिन्।

उनी फिल्ममा अनुबन्धित भएको जानकारी अभिनेत्री नीता ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। फिल्ममा उनको स्वागत गर्दै नीताले फेसबुकमा स्ट्याटस पोस्ट गरेकी छन्।

‘कलाकारका रूपमा हाम्रो टोली तपाईंको स्वागत छ,’ नीताले लेखेकी छन्।

सन् २००८ मा भारतीय आशुतोष भारद्वाजसँग बिहेपछि बिपना फिल्म क्षेत्रबाट टाढिएकी हुन्। उनी अभिनयबाट टाढिएको एक दशकभन्दा बढी भइसक्यो। पछिल्लो समय उनी भारतमै बस्दै आएकी छन्।

आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिपना थापा’बाट उनी दर्शकसँग भने अहिलेसम्म जोडिएकी छन्। जसमा उनले आफ्नो परिवार, चाडपर्व, घुमघामका विभिन्न भिडियो सेयर गर्छिन्।

फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारीलगायत कलाकार छन्। तीबाहेक दक्षिण भारतीय कलाकार प्रदीप रावत, ब्रह्मानन्दलगायत पनि ‘ह्रस्व दीर्घ’सँग जोडिइसकेका छन्।

निर्माण टिमका अनुसार भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फेब्रुअरी १ देखि फिल्मको सुटिङ सुरु हुनेछ।

प्रकाशित: १० पुष २०७९ १२:५४ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast