काठमाडौँ- अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले फिफा वेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्।
अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारे। पेरिस सेन्ट जर्मेन पिएसजनीका फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।
सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जिते।
प्रकाशित: २ माघ २०८० ७:५६ | Tuesday, January 16, 2024
प्रतिक्रिया





