उपासना र धीरजको ‘खुस्मा’ यात्रा

हिमाल प्रेस १ माघ २०८० १३:२९ | Monday, January 15, 2024
उपासना र धीरजको ‘खुस्मा’ यात्रा

काठमाडौँ- अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता धीरज मगरको मुख्य भूमिकामा फिल्म ‘खुस्मा’ बन्ने भएको छ। माघे संक्रान्तिको अवसरमा शुभ साइत गर्दै सोमबार फिल्म निर्माणको घोषणा गरिएको हो।

प्रेम कथामा आधारित फिल्म अशोक थापा मगरले निर्देशन गर्नेछन्। फिल्ममा धिरज र उपासनाका अलवा अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु), अरुण मगरलगायत कलाकारको अभिनय रहनेछ।

फिल्ममा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीले लगानी गर्नेछन्। दिपक बज्राचार्य छायांकन गर्ने भनिएको फिल्म रुकुममा खिचिनेछ।

सुरेन्द्र राना तथा राम अविरल विष्टको शब्द रहने फिल्मको गीतमा एसडी योगीले संगीत भर्नेछन्। फिल्म एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: १ माघ २०८० १३:२९ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast