ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

हिमाल प्रेस ९ पुष २०७९ २१:१८ | Saturday, December 24, 2022
ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा फाइल तस्बिर।

ललितपुर– प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा सरकार प्रतिबद्ध रहेको बताएका छन्। कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शनिबार ललितपुरको बाडेगाउँमा आयोजना गरेको किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा-राष्ट्रिय अभियानको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्।

सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारले साथ दिने प्रधानमन्त्री देउवाको भनाइ छ। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यो अभियान आफ्नो नगरपालिकाबाट सुरु गर्न पाउँदा गर्व महसुस भएको बताए।

पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने मेयर महर्जनले उल्लेख गरे। पूर्वप्रधानमन्त्री भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा अभियान आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ९ पुष २०७९ २१:१८ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast