काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयमा राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि परिपत्र गरेको छ।
शाखाले माघ १ गते सबै विद्यालयमा सप्ताहव्यापी राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि बिहीबार ७५३ वटै स्थानीय तह र सबै शिक्षा विकास तथा समन्वय एकाईलाई परिपत्र गरेको हो।
शाखाका निर्देशक गणेशप्रसाद पौडेलले यस वर्षको योग दिवसमा ‘गरौं योग, रहौं निरोगी’ नारा तय गरिएको बताए।
                            प्रकाशित: २७ पुष  २०८० १९:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

