काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज पुस २७ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा र बिक्री दर २८ रुपैयाँ ६६ पैसा पुगेको छ।
बिहीबार (२६ पुस) मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ थियो। बिहीबारको तुलनामा शुक्रबार खरिद र बिक्री दर घटेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ।
त्यसैगरी युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ।
कुन देशको मुद्रा कति?
प्रकाशित: २७ पुष २०८० ७:३९
प्रतिक्रिया