छोराको स्मृतिमा शिक्षक दम्पतीद्वारा अक्षयकोष स्थापना

हिमाल प्रेस २६ पुष २०८० १५:५० | Thursday, January 11, 2024
छोराको स्मृतिमा शिक्षक दम्पतीद्वारा अक्षयकोष स्थापना

फिक्कल (इलाम)– इलामको माई नगरपालिका–२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन्। सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले छोरा इन्जिनियर सुवर्णको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

विद्यालयको ६३औँ वार्षिकोत्सवका अवसरमा कार्की दम्पतीले कक्षा ८, १० र ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी ‘इन्जिनियर सुवर्ण कार्की स्मृति अक्षयकोष’ स्थापना गरेका प्रधानाध्यापक हरिप्रसाद पौड्यालले जानकारी दिए।

कार्की दम्पतीले अक्षयकोषबापतको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक पौड्याललाई हस्तान्तरण गरे।

चेक हस्तान्तरण गर्दै कार्कीले बर्सेनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताए। उनको छोराले सोही विद्यालयान अध्ययन गरेका थिए। कार्की पनि सोही विद्यालयमा अध्यापन गराएका सेवानिवृत्त शिक्षक हुन्। उनका छोरा सुवर्णको २०७६ सालमा ब्रेनट्युमर रोगबाट निधन भएको थियो। रासस

प्रकाशित: २६ पुष २०८० १५:५० | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast