काठमाडौँबाट ४७ किलो चाँदीसहित तीनजना पक्राउ

हिमाल प्रेस २३ पुष २०८० १७:२५
34
SHARES
काठमाडौँबाट ४७ किलो चाँदीसहित तीनजना पक्राउ

काठमाडौँ- प्रहरीले ४७ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा राखिएको ४७ किलो चाँदीसहित तीनजनालाई पक्राउ गरेको हो।

काठमाडौँको भोटेबहाल, कोटेश्वरलगायतका ठाउँहरूमा राजश्व छलेर ल्याइएका चाँदीसहित बाराको कलैया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सरार्फ र बाराको विश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।

प्रकाशित: २३ पुष २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast