पाँचदिने धरान उत्सव मनाइँदै

हिमाल प्रेस १८ पुष २०८० २१:३३
16
SHARES
पाँचदिने धरान उत्सव मनाइँदै

इटहरी- धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा पुस २० गतेदेखि पाँच दिन धरान उत्सव मनाउने भएको छ। उपमहानगरपालिका परिसरमा बुधबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पुस २० गतेदेखि २४ गतेसम्म पब्लिक हाई स्कुलको खेल मैदानमा विभिन्न कार्यक्रम गरी धरान उत्सव मनाउने जानकारी दिए। उपमहानगरले हरेक वर्ष पुस २० गते धरान दिवसका रूपमा मनाउँदै आएको छ ।

पहिलो दिन पुस २० गते बिहान साढे १० बजे र्‍याली निकालेर धरान उत्सवको उद्घाटन समारोह हुनेछ। त्यसै गरी पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, २२ गते वाकाथन, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र लोकदोहोरी कार्यक्रम, पुस २३ गते श्रमदाता र्‍याली र झाँकी प्रदर्शन र पुस २४ गते अन्तिम दिन लगानी गोष्ठी सञ्चालन, डोरी तान्ने प्रतियोगिता, कदर पत्र तथा प्रशंसा कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले बताए।

प्रकाशित: १८ पुष २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast