काठमाडौँ- गत शुक्रबार ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवालाई सहिद घोषणा गर्ने भएको छ। ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच उनीहरूलाई सहिद घोषणा गर्ने, परिवारका एक/एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने, थप आर्थिक सहयोगका लागि सहजीकरण गर्ने र शव बुझ्ने सहमति भएको हो।
सरकारले यसअघि मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ। ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।
यो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक आयोग पनि गठन गर्ने निर्णय गरिसकेको छ।
यस्तो छ सहमति पत्र
प्रकाशित: १६ पुष २०८० १७:५९
प्रतिक्रिया