‘दोहोरी आइडल’को डिजिटल अडिसन खुला

हिमाल प्रेस ८ पुष २०७९ १२:४७ | Friday, December 23, 2022
‘दोहोरी आइडल’को डिजिटल अडिसन खुला

काठमाडौँ- दोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ का लागि डिजिटल अडिसन खुला गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले पुस १३ देखि २९ सम्म आवेदन दिन सक्नेछन्।

नेपालको जुनसुकै जिल्लाबाट पनि ‘जिल्ला स्तरीय प्रतियोगिता’मा प्रथम, द्वितीय, तृतीय र चौथो भएकाहरू प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्।

पहिलोपटक हुन लागेको सोमा ४२ जना प्रतियोगी हुनेछन्। पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा निर्णायक मण्डलमा रहनेछन्।

डीएआर मुभिजले आयोजना गर्न लागेको रियालिटी सोको विजेताले नगद १५ लाख रुपैयाँ र कार जित्नेछ। प्रतियोगितामा दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख नगद पाउनेछन्।

नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने रियालिटी सोको छायांकन माघबाट सुरु हुने आयोजकले जनाएको छ।

प्रकाशित: ८ पुष २०७९ १२:४७ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast