काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान पौने ९ बजे गरेको मापनअनुसार काठमाडौँको तापक्रम अन्य समयभन्दा कम भएको जनाएको हो।
अहिले काठमाडौँको अधिकतम तापक्रम १८.२ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौँको आकाश धुम्म भए पनि आज (शुक्रबार) भने घाम लागिरहेको छ।
चिसो बढेसँग देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको छ। महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १६.६ डिग्री सेल्सियस छ।
त्यस्तै वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.९, डडेल्धुराको ३.१, दिपायलको ४.५ डिग्री सेल्सियस छ।
कुन ठाउँको तापक्रम कति?

प्रकाशित: ८ पुष २०७९ १०:०४ | Friday, December 23, 2022
प्रतिक्रिया




