किरातीको बर्खास्ती माग गर्दै राप्रपा नेपालले गर्‍यो देशव्यापी पुत्ला दहन

हिमाल प्रेस ९ पुष २०८० ९:४० | Monday, December 25, 2023
किरातीको बर्खास्ती माग गर्दै राप्रपा नेपालले गर्‍यो देशव्यापी पुत्ला दहन

काठमाडौँ- राप्रपा नेपालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको बर्खास्तीको माग गर्दै देशब्यापी पुत्ला दहन गरेको छ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन्। मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

पार्टीले मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा जिल्ला सदरमुकाममा राँके जुलुससहित पुत्ला दहन गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

भक्तपुरको मध्यपुर ठिमिमा अध्यक्ष कमल थापाको नेतृत्वमा पुत्ला दहन गरिएको थियो। पर्सामा वरिष्ठ उपाध्यक्ष राजिव पराजुली, ललितपुरमा महामन्त्री भाष्कर भद्रा, पोखरामा महामन्त्री कृष्ण कार्की, कन्चनपुरमा सहायक महामन्त्री शेरबहादुर चन्द, बारामा सहायक महामन्त्री आनन्द साह लगायतको नेतृत्वमा कार्यक्रम भएको पार्टीले जनाएको छ।

प्रकाशित: ९ पुष २०८० ९:४० | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast