काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
सञ्चालक समितिको २९७औँ बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावको निर्णय पारित गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइ बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने छ। लाभांश वितरणपछि बैंककाे चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुग्ने छ।
काठमाडौँमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम छन्।
प्रकाशित: ६ पुष २०८० १३:०५ | Friday, December 22, 2023
प्रतिक्रिया




