काठमाडौँ- पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रेणुका पराजुली नियुक्त भएकी छन्। पराजुलीलाई शुक्रबारको मन्त्रीस्तरीय निर्णयअनुसार पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदको सदस्य पदमा चार वर्षका लागि मनोनयन गरिएको हो।
कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा छ। सिन्धुपाल्चोकमा जन्मिएकी पराजुली काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा सामाजिक गतिविधिमा सक्रिय छिन्।
प्रकाशित: ३ पुष २०८० १५:२७ | Tuesday, December 19, 2023
प्रतिक्रिया





