छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

हिमाल प्रेस २५ मंसिर २०८० १५:०८ | Monday, December 11, 2023
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ– यौन दुर्व्यवहारको आरोपमा सिन्धुपाल्चोकबाट दुई जना शिक्षक पक्राउ परेका छन्। जिल्लाको इन्द्रावती गाउँपालिका-६ को कमलादेवी माविमा अध्ययनरत १४ वर्षका दुई छात्राले यौन दुर्व्यवहारको आरोपसहित निवेदन दिएपछि सोही विद्यालयका शिक्षकहरू सुरेन्द्र कोइराला (वर्ष ४५) र कविराज पौडेल (४९ वर्ष)  पक्राउ परेका  छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार दुवै शिक्षकलाई गत शुक्रबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: २५ मंसिर २०८० १५:०८ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast