एनसेलसँग जोडेर सरकारको बद्‌नाम गर्न खोजियो : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस २५ मंसिर २०८० १३:३४ | Monday, December 11, 2023
एनसेलसँग जोडेर सरकारको बद्‌नाम गर्न खोजियो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल प्रकरणमा अनावश्यक रुपमा जोडेर सरकारको बद्‌नाम गर्न खोजिएको बताएका छन्। आज सोमबार नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडँमा पत्रकारहरूसँग कुरा गर्दै उनले बद्‌नाम गराउन खोज्नेहरूसँग सचेत हुन आग्रह गरेका हुन्।

उनले आफूले यसबारे जाँचबुझका लागि निर्देशन दिइसकेको पनि बताए। दाहालले दुबई गएको समयमा एनसेल खरिदबिक्रीबारे जानकारी पाएको र लगत्तै मुख्यसचिवलाई राखेर एनसेलको करलगायत बारे बुझ्न भनेको दाबी गरे।

उनले भने, ‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ।’

त्यस्तै उनले गठबन्धनसम्बद्ध दलका शीर्ष नेतासँग पनि यसबारे छलफल गरिसकेको बताए। ‘यस विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ भनियो। क्याबिनेटबाट निर्णय गरियो,’ उनले भने, ‘तर, केही मिडियामा एकसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो।’

एनसेल प्रकरणमा प्रधानमन्त्रीसहित शीर्ष नेताकै संलग्नता र संरक्षणमा भएको भन्दै राजनीतिक दलका नेता, सांसदहरूले नै गम्भीर आरोप लगाइरहेका छन्।

प्रकाशित: २५ मंसिर २०८० १३:३४ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast