राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस २४ मंसिर २०८० ६:५३ | Sunday, December 10, 2023
राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ।

आज बिहान ११:०० बजे देखि काठमाडौँमा बस्दैछ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धी राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो।

केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

दुई दिन सम्म सन्चालन हुने केन्द्रीय समिति बैठक भोलि दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरु सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० ६:५३ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast