महाराष्ट्रका उपमुख्यमन्त्रीले भने : नेपाली क्रिकेटलाई सहयाेग गर्न तयार छाैँ

हिमाल प्रेस १४ मंसिर २०८० १८:३८ | Thursday, November 30, 2023
महाराष्ट्रका उपमुख्यमन्त्रीले भने : नेपाली क्रिकेटलाई सहयाेग गर्न तयार छाैँ

मुम्बई– भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटकाे विकासमा आवश्यक सहयाेग गर्न तयार रहेकाे बताएका छन्। स्वतन्त्र युवा प्रजातान्त्रिक संघकाे संयाेजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूकाे प्रतिनिधि मण्डलसँगकाे भेटमा उनले नेपाली क्रिकेटरलाई मुम्बइमा प्रशिक्षण, व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन्।

‘नेपाल क्रिकेटसंघ (क्यान)ले उपयुक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छ,’ उनले भने। नेपाली पत्रकारहरूले छलफलका क्रममा नेपाल-भारत सम्बन्ध, मुम्बइमा रहेका श्रमिक नेपालीहरूकाे अवस्थालगायतका विषयमा चासाे राखेका थिए। नेपाली पत्रकारहरूले उठाएकाे विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएकाे भ्रमणमा रहेका नेपाल प्रस युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०८० १८:३८ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast