सेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

हिमाल प्रेस १३ मंसिर २०८० १५:२५ | Wednesday, November 29, 2023
सेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपालगञ्ज– बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले सेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन्। खासगरी कलेजको व्यवस्थापन संकायको स्नातक तहका विद्यार्थीले सेयरमा लगानी गरेर केही आम्दानी गर्न थालेको बताउँछन्।

‘हामीले प्राथमिक बजार (आईपीओ) र दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,’ अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने। उनले साथीहरू र गुरुको माध्यमबाट बजारमा प्रवेश गरेको उल्लेख गर्दै कलेजको फी तिर्ने पैसा कमाइरहेको बताए।

एक हजार लगानी गरेर सेयर बजारको प्राथमिक बजारमा प्रवेश गरेका तिमिल्सिनाले दुई लाखको पोर्टफोलियो बनाएको जानकारी दिए। उनले भने, ‘हाम्रो कलेजका धेरै साथीले सेयर बजारमा लगानी गरेका छन्।’

अर्का विद्यार्थी विकास भट्टराईले सेयर बजारको स्वअध्ययन र सरहरूसँग सिकेर बजारमा छिरेको बताए। इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख उदय अधिकारीले विद्यार्थीका साथै वैदेशिक रोजगारीमा रहेका युवा र गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिए।

‘विद्यार्थीका लागि सेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ,’ अधिकारीले भने। सेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुकुम, हुम्ला, जुम्लालगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन्।

रासस

प्रकाशित: १३ मंसिर २०८० १५:२५ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast