लोकसेवा आयोग गण्डकी प्रदेशले माग्यो कर्मचारी (सूचनासहित)

हिमाल प्रेस १३ मंसिर २०८० ८:४२ | Wednesday, November 29, 2023
लोकसेवा आयोग गण्डकी प्रदेशले माग्यो कर्मचारी (सूचनासहित) hdr

काठमाडौँ- लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो।

दरखास्त दिने अन्तिम मिति पुस ३ सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस २० सम्म पनि आवेदन दिन सकिनेछ। आवेदन दिँदा २०८०/०९/०३ सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपांग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ।

प्रकाशित: १३ मंसिर २०८० ८:४२ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast