गणतन्त्रविरोधी गतिविधिबाट म अत्तालिएको छैन : देउवा

हिमाल प्रेस ११ मंसिर २०८० १३:२३ | Monday, November 27, 2023
गणतन्त्रविरोधी गतिविधिबाट म अत्तालिएको छैन : देउवा चितवनको भरतपुर विमास्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर :रासस

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रविरोधी गतिविधिबाट नअत्तालिएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘गणतन्त्रको विकल्प छैन। गणतन्त्रबाट मुलुकलाई कसैले पछाडि फर्काउन सक्दैन।’

सभापति देउवाले गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको पनि बताए। गठबन्धन सरकारको नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे देउवाले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘पछि थाहा पाइहाल्नु हुन्छ नि।’

देउवासँगै आएका कांग्रेस नेता डा शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताए।

प्रकाशित: ११ मंसिर २०८० १३:२३ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast