ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस ९ मंसिर २०८० ६:४५ | Saturday, November 25, 2023
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा- पूर्वखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक सोही गाउँपालिका ५ कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर कामु रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

कर्नेडाँडादेखि पोखरीछापतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खेतमा खसेको थियो।

दिउँसो साढे तीन बजे दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई जिल्ला अस्पताल पाल्पामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका चन्दले बताए।

 

प्रकाशित: ९ मंसिर २०८० ६:४५ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast