कतारका मन्त्रीसँग परराष्ट्रमन्त्रीको आग्रह : हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइको पहल गरिदिनू

हिमाल प्रेस ८ मंसिर २०८० १३:११ | Friday, November 24, 2023
कतारका मन्त्रीसँग परराष्ट्रमन्त्रीको आग्रह : हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइको पहल गरिदिनू

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका भएका नेपाली बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाईका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए। भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेक्क मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरे।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

प्रकाशित: ८ मंसिर २०८० १३:११ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast