तीनकुनेबाट पैदल यात्री पनि पक्राउ [तस्बिरहरू]

दिपेश श्रेष्ठ ८ मंसिर २०८० १२:५३ | Friday, November 24, 2023
तीनकुनेबाट पैदल यात्री पनि पक्राउ [तस्बिरहरू]

काठमाडौँ–  प्रशासनको अनुमितबिना काठमाडौँको कोटेश्वर तीनकुनेमा शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शुक्रबार गणतन्त्रविरोधी प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि त्यहाँ  ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। यस क्रममा प्रहरीले महाअभियानका समर्थक दुर्गा प्रसाईका समर्थक भएको आरोपममा पैदलयात्रीलाई पनि सोधपुछ गरी नियन्त्रणमा लिन थालेको छ।

सञ्चारकर्मीसँग कुराकानी गरेकै निहुँमा पनि कतिपय सर्वसाधरणलाई पक्राउ गरी बानेश्वरमा वृत्तमा लगेर राखिएको छ।  प्रहरीले उनीहरूलाई दुर्गा प्रसाईको समर्थक भएको आरोपमा पक्राउ परेको हो। कतिपय भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता पनि पक्राउ परेका छन्। प्रहरीले पैदलयात्री र चिया पसलमा बसेकालाई समेत सोधपुछ गरेको छ। काठमाडौँ प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।

‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, प्रशासनले भनेको छ।  प्रसाईको निवास ठिमीमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उनले घरमै पत्रकार सम्मेलन गरी आफूलाई पक्राउ गरे पनि आफ्नो अभियान नरोकिने बताएका छन्।

प्रकाशित: ८ मंसिर २०८० १२:५३ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast