उर्लाबारी आगलागीका घाइतेमध्ये मृत्यु हुनेको संख्या तीन पुग्यो

हिमाल प्रेस ७ मंसिर २०८० १५:२४ | Thursday, November 23, 2023
उर्लाबारी आगलागीका घाइतेमध्ये मृत्यु हुनेको संख्या तीन पुग्यो प्रतिनिधिमूलक तस्बिर

इटहरी– मोरङको उर्लाबारी नगरपालिका ७ मा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। उपचारका क्रममा बुधबार राति थप दुई जनाको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी ७ का ४९ वर्षीय हेमकुमार दाहाल र सोही ठाउँका ४२ वर्षीय कुमार तामाङको उपचारको क्रममा मृत्यु भएको हो। यसअघि ४३ वर्षीय तपन पण्डितको गत मंगलबार बिहान मृत्यु भएको थियो।

दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट कात्तिक २६ गते (लक्ष्मी पूजाको) राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीको भनाइ छ। आगो नियन्त्रणमा लिने क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो।

प्रकाशित: ७ मंसिर २०८० १५:२४ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast