माओवादी केन्द्रसँग एकता गर्न नेसपाले बनायो संयोजन समिति

हिमाल प्रेस ६ मंसिर २०८० १८:३४
20
SHARES
माओवादी केन्द्रसँग एकता गर्न नेसपाले बनायो संयोजन समिति फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाएको छ। बुधबार काठमाडौँमा भएको चौथो पूर्ण बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो।

सो समितिको सदस्यमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेका छन्। बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान समिति बनाउने निर्णय गरिएको सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय गरिएको छ। यस्तै सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मंसिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि गरिएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =