होटल संघ नेपाल र पर्यटनमन्त्रीबीच पर्यटन प्रवर्द्धनबारे छलफल

हिमाल प्रेस ५ मंसिर २०८० १४:५८ | Tuesday, November 21, 2023
होटल संघ नेपाल र पर्यटनमन्त्रीबीच पर्यटन प्रवर्द्धनबारे छलफल

काठमाडौँ– होटल संघ नेपालका अध्यक्ष विनायक शाह र पदाधिकारीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरी पर्यटन गतिविधिका बारेमा छलफल गरेका छन्। उक्त अवसरमा संघका अध्यक्ष शाहले नेपालमा पर्यटन आगमन वृद्धि भएको बताए। उनका अनुसार पछिल्लो समयमा धेरै ठूला होटल सञ्चालनमा आएका छन्। जसले गर्दा मागभन्दा आपूर्ति बढी भइ क्षमताको एक तिहाई अकुपेन्सीमा होटलहरू सञ्चालन भइरहेको बताए।

अध्यक्ष शाहले कमजोर पूर्वाधारले पर्यटन आगमन अपेक्षित बढ्न नसकेको बताए। उनले भने, ‘राष्ट्रिय राजमार्ग, हवाई सञ्जाल र यातायातको अवस्था नाजुक छ। यसले गर्दा नेपाल आउन चाहेक पर्यटक पनि अन्यत्रै गइरहेका छन्।’

शाहले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके सबैलाई फाइदा हुने धारणा राखे। अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलाई सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिए रहन आग्रहसमेत गरे।

भेटमा पर्यटनमन्त्री किरातीले पर्यटक आगमन सन्तोषजनक भएको र अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएको बताए। निर्माणाधिन पूर्वाधार समयमै सम्पन्न गर्न किरातीले दाबी गरेका छन्। मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भइ छलफल भइरहेको हुँदा यही सरकारले पर्यटनसँगै समग्र क्षेत्रको विकासमा योगदान दिने उनले बताए।

प्रकाशित: ५ मंसिर २०८० १४:५८ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast