ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०८० २०:०९ | Monday, November 20, 2023
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको मृत्यु सांकेतिक तस्बिर।

लुम्बिनी- सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज (सोमबार) मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु४९प २२३० नम्बरको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ना६ख ८१६१ नं ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकारसमेत रहेका देवकोटा संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

प्रकाशित: ४ मंसिर २०८० २०:०९ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast