केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेसपाको पदाधिकारी बैठक जारी

हिमाल प्रेस ५ मंसिर २०८० १२:२७
74
SHARES
केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेसपाको पदाधिकारी बैठक जारी

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा जारी छ। केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक अगाडि पदाधिकारी बैठक बसेको हो। कार्यकारिणी बैठक पनि आजै दिउँसो २ बजे बस्दैछ।

केन्द्रीय समिति बैठक बुधबार र बिहीबार बस्नेछ। जारी पदाधिकारी बैठक र दिउँसो बस्ने कार्यकारिणी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने पार्टी कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए।

उनले भने, ´पार्टी कार्यालयमा पदाधिकारी बैठक जारी छ। यो बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्छ। त्यसमा कार्यकारिणीले अन्तिम रुप दिन्छ।` समाजवादी ध्रुवीकरण/पार्टी एकता, पार्टीले यसअघि गरेको ६ महिने पार्टी संगठन विस्तार अभियानलगायत विषयमा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: ५ मंसिर २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =