विश्वकप छनोटका लागि नेपालले यमनसँग खेल्ने

हिमाल प्रेस ४ मंसिर २०८० १६:५० | Monday, November 20, 2023
विश्वकप छनोटका लागि नेपालले यमनसँग खेल्ने

काठमाडौँ- फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि (मंगलबार) यमनसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि साँझ ७ बजे हुनेछ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए।

उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको बताउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए। गत कार्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास रहको बताए। उनले आफ्नो टिमका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिकरूपमा पनि तयार रहेको बताए।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ। उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय रुपैयाँ र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ। नेपालको समूहमा युएई, बहराइन र यमन छन्। त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो।

प्रकाशित: ४ मंसिर २०८० १६:५० | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast