सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

हिमाल प्रेस ३ मंसिर २०८० ७:१० | Sunday, November 19, 2023
सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

काठमाडौँ- देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ। यसैबीच प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ले छठले राष्ट्रलाई एकबद्ध गरेको बताउँदै समृद्धिको राष्ट्रिय आकांक्षाका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

छठ पर्वले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् : प्रधानमन्त्री

प्रकाशित: ३ मंसिर २०८० ७:१० | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast