छठ पर्वले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् : प्रधानमन्त्री

हिमाल प्रेस ३ मंसिर २०८० ६:२९ | Sunday, November 19, 2023
छठ पर्वले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् : प्रधानमन्त्री छठ पर्वका लागि धनुषामा सजाइएको घाट। फाइल तस्बिर: हिमाल प्रेस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको शुभकामना व्यक्त गरेका छन्। आइतबार बिहानै छठ पर्वको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले छठ पर्वले राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।

नेपालको तराई क्षेत्र हुँदै पछिल्लो समय पहाडी समुदायमा समेत मनाइँदै आएको छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न प्रेरणा मिल्ने अपेक्षासहित प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३ मंसिर २०८० ६:२९ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast