स्थायी शिक्षक नियुक्तिका लागि जिल्ला छनोट गर्न निर्देशनालयको अनुरोध

हिमाल प्रेस १ मंसिर २०८० १२:४४
778
SHARES
स्थायी शिक्षक नियुक्तिका लागि जिल्ला छनोट गर्न निर्देशनालयको अनुरोध

काठमाडौँ- शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्ति सिफारिस भएका उम्मेदवारलाई जिल्ला छनौट गरी फाराम पेस गर्न अनुरोध गरेको छ। निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिनभित्र फाराम पेस गर्न अनुरोध गरेको हो।

निर्देशनालयका निमित्ति महानिर्देशक घनश्याम पौडेलले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको गत कात्तिक २० गतेको सिफारिस पत्रअनुसार गण्डकी प्रदेशमा सिफारिस भएका उम्मेदवारले तोकिएको ढाँचा बमोजिम मंसिर ७ गतेभित्र आफैं उपस्थित भई जिल्ला छनौट गरी फाराम पेस गर्न सकिने बताए।

तोकिएको समयमा फाराम पेस नगरे नियमानुसार बाँकी जिल्लाहरूमा सिफारिस गरिने निर्देशनालयले सूचनामा उल्लेख गरेको छ।

निर्देशनालयले स्थानीय तह र जिल्लाबाट दरबन्दी थपघट माग भई आएमा सोहीअनुसार हुनसक्ने पनि बताएको छ।

निवेदनका साथ प्रवेशपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्ने र अपांगता भए अपांगताको परिचयपत्र पेस गर्नुपर्ने निर्देशनालयले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast