नेपाल-लिथवेनिया सम्बन्ध विस्तारमा जोड

हिमाल प्रेस ३० कार्तिक २०८० २०:२० | Thursday, November 16, 2023
नेपाल-लिथवेनिया सम्बन्ध विस्तारमा जोड

काठमाडौँ- लिथवेनियाका लागि नेपालका गैरआवासीय राजदूत प्रा. डा. रामस्वार्थ रायले नेपाल-लिथवेनिया सम्बन्ध विस्तारमा जोड दिएका छन्।

गणतन्त्र लिथवेनियाका राष्ट्रपति गितानस नौसेदासमक्ष बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा नेपालका राजदूतले पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका हुन्।

नेपालको सामाजिक–आर्थिक विकासमा लिथवेनिया सरकार तथा जनताबाट प्राप्त सहयोगका निम्ति उनले कृतज्ञता ज्ञापन गरे।

राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट राष्ट्रपति नौसेदको व्यक्तिगत सुख, सुवास्थ्यका साथै लिथवेनियाका जनताको निरन्तर प्रगतिको कामना गरेका कोपनहेगनस्थित नेपाली राजदूतावासले बताएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०८० २०:२० | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast