मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता

हिमाल प्रेस ३० कार्तिक २०८० १९:१९ | Thursday, November 16, 2023
मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता

काठमाडौँ- मालीमा तैनाथ नेपाली शान्ति सैनिकको एक टोली फिर्ता भएको छ। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्तिका लागि खटिएको ईओडी गुल्म (शा.से.) नवौं डफ्फाका ८१ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा नेपाल फर्केको हो।

उनीहरू हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत बिहीबार नेपाल फर्केका नेपाली सेनाले जानकारी दिएको छ।

मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णयअनुरूप नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुँदैछन्। सोहीअनुसार पहिलो टोली नेपाल आइपुगेको हो।

नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूको दोस्रो वरियतामा छ। हाल नेपालबाट ५८२ महिलाहरू शान्ति सैनिकका रूपमा खटिएका छन्। महिलाहरूतर्फ शान्ति सेनामा रहेको महिला सभागिता अन्य मुलुकको तुलनामा सबैभन्दा बढी हो।

प्रकाशित: ३० कार्तिक २०८० १९:१९ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast