गण्डकी प्रदेशस्तरीय छनोट क्रिकेटमा नवलपुर च्याम्पियन

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:५९ | Wednesday, November 16, 2022
गण्डकी प्रदेशस्तरीय छनोट क्रिकेटमा नवलपुर च्याम्पियन

पोखरा- वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा नवलपुर च्याम्पियन बनेको छ। नवलपुरले ३ खेलमा पूरा जित निकाल्दै ६ अंकका साथ शीर्षस्थान कायम गरेको हो।

पोखरा रंगशालामा अन्तिम खेलमा कास्कीले स्याङ्जामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोस्रो स्थान कायम गर्‍यो।

प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला ब्याटिङ गर्दै पूरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पार्‍यो।

स्याङ्जाको पारी ३३.३ ओभरमा १ सय ८ रनमा समेटिँदा कास्कीका बलरहरू म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए।

कास्कीका सोहिल कुँवर उत्कृष्ट ब्याट्सम्यान तथा दीपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए।

विजयी खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्यसचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्याब्सनका सल्लाहकार डोलराज पाण्डे, आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुलगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: ३० कार्तिक २०७९ ११:५९ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast