समाजवादी निकट युवा संघद्वारा भूकम्पपीडितलाई राहत प्रदान

हिमाल प्रेस २५ कार्तिक २०८० १३:०३ | Saturday, November 11, 2023
समाजवादी निकट युवा संघद्वारा भूकम्पपीडितलाई राहत प्रदान

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले भूकम्पपीडितका लागि जम्मा गरेका राहत समग्रीहरु जाजरकोट जिल्ला प्रशासनलाई बुझाएका छन्।

संघका संयोजक कृष्ण विश्वकर्मा नेतृत्वको टोलीले राहत सामग्रीहरु जाजरकोटमा पुगेर हस्तान्तरण गरेका हो।

संयोजक विश्वकर्माले १४ लाख बराबरको जन सहायता सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

युवा संघले मंसिर पहिलो हप्ताबाट भूकम्प प्रभावित क्षेत्रमा श्रम अभियान सन्चालन गर्ने बताउँदै अध्यक्ष विश्वकर्माले यो राजनैतिक स्टन्ट नभई सचेत मानवीय दायित्व भएको बताए।

प्रकाशित: २५ कार्तिक २०८० १३:०३ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast