संघीय गणतन्त्र असफल सावित : कमल थापा

हिमाल प्रेस २५ कार्तिक २०८० १०:११ | Saturday, November 11, 2023
संघीय गणतन्त्र असफल सावित : कमल थापा

पोखरा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत १७ वर्षको अनुभवबाट संघीय गणतन्त्र असफल सावित भएको दाबी गरेका छन्।

आज पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अब यो व्यवस्था सुधारिने कुनै सामान्य संकेत पनि नदेखिएकोले व्यवस्था र अवस्था परिवर्तनको लागि जनआन्दोलको अपरिहार्य भएको बताए।

थापाले विदेशी दबाब र प्रभावमा जनताको अभिमत बिना मुलुकको राष्ट्रिय धरोहरहरुलाई भत्काउने काम भएकोमा आपत्ति प्रकट गर्दै उनले षड्यन्त्र पूर्वक जवर्जस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुने समेत जिकिर गरे।

राप्रपा नेपालले आन्दोलनको तयारी गरिरहेकोले सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा बसेर मुलुकलाई विकल्प दिनुपर्ने उनको धारणा थियो। कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की, विश्वराज पौडेल, दानबहादुर गुरुङ, चिना दवाडी लगायतले बोलेका थिए।

प्रकाशित: २५ कार्तिक २०८० १०:११ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast